Rule 34
घाइते भएका वन्यजन्तु पनि शिकार गर्ने संख्यामा गिन्ती गरिने
अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्दा वन्यजन्तुलाई घाइते तुल्याएमा यथाशीघ्र त्यसलाई पत्ता लगाई मार्नुपर्छ र त्यसरी घाइते भएको वन्यजन्तुको विवरण आफ्नो शिकार रजिष्टरमा चढाउनु पर्छ । तर घाइते भएको वन्यजन्तु पत्ता लगाउन नसके पनि अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले शिकार गर्न पाउने वन्यजन्तुमा गिन्ती गरिनेछ ।